काठमाडौं, १० फागुन । सहमतिबाटै संविधान बनाउनुपर्ने माग राख्दै आन्दोलनको तयारी थालेका एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाआवद्ध मधेसवादी दलहरुले वार्तामा बस्नका लागि शर्त अघि सारेका छन् ।
पछिल्लो समय एमाओवादीसंग शंसकित बनेका मधेशवादी दलहरुले आफ्नै शर्त अगाडी सारेका हुन् । सल्यान पुगेर मधेसी जनअधिकार फोरम, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले आह्वान गरेको वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको हो ।
पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, माघ ११ गते सभामुखले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने उहाँको भनाइ थियो ।
विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नर्गनु भनेको विश्वासघात र धोका हो भन्दै उहाँले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।
आन्दोलनलाई तुहाउन सत्ताधारी दलहरुले वार्ताका नाममा जाल फ्याँकेको उहाँको आरोप थियो । अध्यक्ष यादवले आन्दोलनकारी शक्तिलाई अलग राखेर संविधान बन्न नसक्ने दावी पनि गर्नुभयो ।
यस्तै, अर्का मधेसवादी पार्टीका संयोजक राजेन्द्र महतोले पनि केही दिन अगाडी आफ्नै शर्त मान्नुपर्ने भन्दै आएका छन् । यस्तै, अर्का नेता विजय गच्छदारले पनि सहमतिका लागि शर्त अघि सारिसकेका छन् ।
















प्रतिक्रिया