११ कार्तिक २०८३, बुधबार

गगन थापाले भने- ‘बाबुराम भट्टराई विप्लवको खलासी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapa

काठमाडौँ, १० फागुन । काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद् गगन थापाले एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को खलासी बन्न खोजेको तिखो व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत सभासद् थापाले विप्लवलाई चालक र भट्टराईलाई खलासीको टिप्प्णी गरेका हुन् । ‘हिजो भट्टराईले भन्नुभएछ, अब फेरि ५२ मोडलकै गाडी चलाउनुपर्ने भयो । यसपालि खलासी बनेमात्रै हो डा। साब, चालकको सिट त विप्लवले छाडे पो १’ थापाले ट्वीट गरेका छन् ।

एमाओवादी वरिष्ठ नेता डा भट्टराईले शुक्रबार दाङमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र एमालेका कारण आफूहरु २०५२ सालमा फर्कन सक्ने चेतावनी दिएका थिए । थापाले त्यसैको प्रतिवाद गर्दै सामाजिक सञ्जालबाट व्यंग्य गरेका हुन् ।