३० आश्विन २०८३, शुक्रबार

सशस्त्र प्रहरीले सीमामा सक्रियता बढाएपछि भन्सार राजस्व दोब्बरले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasti-nepal-bharat

महेन्द्रनगर, १० फागुन । पश्चिमी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले पछिल्लो समय चोरी सिकारी नियन्त्रणलाई तीव्रता दिएपछि भन्सार राजस्वमा वृद्धि भएको छ ।

कञ्चनपुरको सीमा नाका गड्डाचौकी, बेलौरी र दोधारा-चाँदनीमा खटिएको सशस्त्र प्रहरीले खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउन लागिएका सामान सीमामा बरामद गर्ने क्रम बढेको छ ।

शनिबारमात्रै सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले भीमदत्त नगरपालिका-

१३ पिपरैयाबाट भन्सार छलेर ल्याउँदै गरेको ट्र्याक्टरको ट्रली, उखु जोत्ने मेसिन र चारवटा नयाँ टायर महाकाली नदीमा बालुवामा लुकाएर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरबहादुर रावतले नियन्त्रित सामान रु दुई लाखबराबर मूल्य पर्ने जानकारी दिनुभयो । उहाँले सामान आइतबार कञ्चनपुर भन्सार कार्यालयलाई बुझाउने जानकारी दिनुभयो ।

केही दिनअघि रु ७५ हजारबराबरको अवैध इलेक्ट्रिकल सामानसमेत सोही टोलीले भीमदत्तनगरपालिका-११, भुजेला पुलक्षेत्रबाट राति नियन्त्रणमा लिएको थियो भने त्यसअघि पनि प्रहरीले नगरपालिकाको पिपरैया र जिमुवाबाट पनि अवैध दैनिक उपभोग्य सामान नियन्त्रणमा लिई भन्सार चलान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिनुभयो ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमा क्षेत्रमा अवैध चोरी निकासीमाथि निगरानी बढेपछि भन्सार राजस्वमा वृद्धि भएको बताउनुभयो ।