११ कार्तिक २०८३, बुधबार

जेठ १५ गते संविधान घोषणा गर्ने उपयुक्त दिन : माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepalमहेन्द्रनगर, १० फागुन । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी जेठ १५ गते संविधान जारी गर्न उपयुक्त हुने बताउनुभएको छ । उहाँले संविधान निर्माण गर्ने कुरामा एकीकृत नेकपा माओवादी मुख्य समस्या बनेको धारणा राख्नुभयो ।

आइतबार बिहान एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले धेरै विषयमा सहमति भइसकेको बताउँदै संविधान जारी गर्ने माघ ८, फागुन ७ जस्ता महत्वपूर्ण दिन गइसकेकाले अब जेठ १५ गते गणतन्त्र दिवसका दिन संविधान जारी गर्न सकिने उल्लेख गर्नु भयो ।

सहमतिबाट सात वर्षदेखि संविधान जारी गर्ने विषयमा छलफल भइरहेको भए पनि संविधान टाढिँदै गइरहेको उहाँको भनाइ थियो ।

“सबै विषयमा सहमति नजिक पुगेर माओवादी अन्तिम घडीमा सहमतिबाट पछि हट्यो ।” उहाँले भन्नुभयो, “चाहना पूरा हुने बेला एमाओवादी बेहोस हुन्छ ।” “सहमति भन्ने सहमति गर्नै नचाहने, सहमति भए पनि पालना नगर्ने प्रवृत्ति एमाओवादीले देखाउँदै आएको छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवार भूमिका निभाउन जरुरी छ ।”

पछिल्लो समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफूले भेटेर पनि आन्दोलनको चक्रब्यूहमा नफस्न आग्रह गरेको बताउनुभयो ।

सङ्घीयताका विषयमा पनि सहमतिबाटै समाधान खोज्नुपर्ने धारणा नेता नेपालले व्यक्त गर्नुभयो । रासस