११ कार्तिक २०८३, बुधबार

बाराको सिमरामा तनाब, प्रदर्शनकारी र प्रहरीबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० फागुन । एकीकृत सेवा केन्द्र स्थगन गर्ने सरकारको निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका स्थानीय र सुरक्षाकर्मीबीच बाराको सिमरामा झडप भएको छ ।
एकीकृत सेवा केन्द्र सिमरामा स्थापनाको माग राखेर आज बिहान शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो । यसअघि सरकारले एकीकृत सेवा केन्द्र स्थापना गर्न गरेको निर्णय कलैयाका लेखन्दास र व्यापारीहरुको बिरोधपछि स्थगित गरेको थियो ।
एकीकृत सेवा केन्द्रको माग गरेर सडकमा उत्रिएका सिमराका स्थानीयले आज बिहान बजार, पसल र यातायात बन्द गराएर सडकमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
सुरक्षाकर्मीले हस्तक्षेप गरेको भन्दै स्थानीयले प्रहरीको बिट र सर्वसाधारणको मोटरसाइकलसमेत जलाइ दिएका छन् ।
स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा प्रहरी पनि घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
भूमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगनको विरोधमा शुक्रबारदेखि स्थानीयबासी आन्दोलित छन् ।