काठमाडौं, १० फागुन । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशन बारे समिक्षा, अनुशासन समितिले गरेको कारवाही फिर्ता, विपक्षी मोर्चालाई वार्तामा सहभागी गराउने र वर्तमान सरकारको कामकारवाही बारे समिक्षा गर्ने बताइएको छ ।
नेतृ सुजाता कोइराला लगायतका थुप्रै नेताहरुलाई संविधानसभाको चुनावमा पार्टीविपरित काम गरेको भन्दै आनन्द ढुँगाना नेतृत्वको अनुशासन समितिले कारवाहीको लागि सिफारिस गरेको थियो । तर, ती सबैको कारवाही आजको बैठकमा फिर्ता लिने तय भएको स्रोतले जनाएको छ ।
















प्रतिक्रिया