२ कार्तिक २०८३, सोमबार

सिंजाली राजाको पञ्चदेवल अतिक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १० फागुन । दर्ना गाविस–२मा रहेको ऐतिहासिक पञ्चदेवल संरक्षण र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पञ्चदेवल जुम्लाको सिंजा राज्यका राजाले निर्माण गरेको मानिन्छ ।

दर्नाली राजाको विशेष इतिहास बोकेको थलो भएकाले पनि पर्यटन प्रर्वद्धन र ऐतिहासिक दस्तावेज स्वरुपमा रहेको पञ्चदेवलको संरक्षण गर्न कुनै निकायबाट प्रयास नगरिएको स्थानीयवासी हेमबहादुर शाहले बताउनुभयो ।

पाँचवटै देवल पूरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा कसैको ध्यान नजाँदा माटो र झारपातले पुरिने अवस्थामा छन् ।

देवल क्षेत्र रहेको वरिपरि जग्गाधनीबाट अतिक्रमित भइरहेकामा स्थानीयवासीले गुनासो गरेका छन् ।