१ कार्तिक २०८३, आइतबार

सजायबाट छुटकारा पाउन अघोरी बाबाको नाटक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन ।  अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाय सुनाएको १० वर्षपछि फक्राउ परेका छन् ।

किर्ते मुद्धामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नबराज पोखरेललाई प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

धरौटीमा छुटेका उनलाई २४ वैशाख ०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार जरिवाना कैद सुनाएको थियो ।

सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी बनेका हुन ।

भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन । उनलाई सिआइबीले सुन्दरीजलबाट पक्राउ गरेको हो ।