१० कार्तिक २०८३, मंगलबार

एमाओवादी सरकारमा आउन सक्छ: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

कैलाली, ९ फागुन । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादीसहितको विपक्षी मोर्चा पनि सरकारमा सहभागी हुने संकेत गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल, कैलालीले शनिबार गेटा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नभएको बरु एमाओवादीसहितको सरकार विस्तार हुनसक्ने बताउनुभयो ।

उहाँले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताउँदै आफूले एनेकपा—माओवादीसहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको बताउनुभयो ।

नेता नेपालले आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत मोर्चाका नेताहरुसँग छलफल गरेको पनि बताउनु भयो ।

छलफलका क्रममा मोर्चाका नेताहरु वार्तामा बस्न सकारात्मक भएकाले वार्तामा बसेपछि हाल देखिएका मतभिन्नता छलफलका माध्यमबाट हल हुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस र नेकपा—एमाले छिटोभन्दा छिटो संविधान जारी गर्ने पक्षमा रहेका छन् । सकिन्छ भने सहमतिका आधारमा संविधान जारी गर्ने, त्यसो नभए विमति राखेर भए पनि संविधान जारी गरिनेछ, नेता नेपालले भन्नुभयो ।

संविधान जारी गर्दा यसअघि सहमति भएका मूल भावना गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता सवालमा ध्यान दिइने पनि नेता नेपालले बताउनुभयो ।