भक्तपुर, ९ फागुन । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले हुचुवाको भरमा देश सङ्घीयतामा गए आफ्नै देशमा नाकाबन्दीको पीडा भोग्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले हचुवाको भरमा सङ्घीयता घोषणा भए एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्नसक्ने अवस्था आउने धारणा राख्नु भयो ।
देशले सङ्घीयता थेग्न सक्छ कि सक्दैन यसबारे प्रष्ट हुनु जरुरी रहेको औँल्याउँदै उहाँले भन्नुभयो– “देश सङ्घीयतामा प्रवेश गरिरहेको अवस्थामा हरेक राज्यहरु सक्षम नभएका खण्डमा एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्न सक्ने खतरा रहन्छ, यसतर्फ बेलैमा सचेत रहनु जरुरी छ ।”
उहाँले राजनीतिक दलका नेताहरुको बोलीको ठेगाना नहुँदा देश अन्योलको भूमरीमा फस्दै गएको चर्चा गर्दै दलका नेताहरु दलगत स्वार्थ र परिवारको चक्रब्यूहमा फस्दै जाँदा परिवर्तन संस्थागत हुन नसकेको उल्लेख गर्नु भयो । रासस
















प्रतिक्रिया