नृपराज हमाल
हुम्ला, ९ फागुन । हुम्ला जिल्लाको सिमिकोट बिमानस्थलमा सिता एयर र तारा एयरको टुवीनअटर जहाज एक आपसमा ठोक्किएका छन् ।
पार्किङमा रहेको सिता एयरको जहाजलाई अवतरण गरेर पार्किङ एरियामा जाँदै गरेको तारा एयरको जहाजले ठक्कर दिएको हो । अवतरण गरेर पार्किङमा रहेको सिता एयरलाई एक्कासी तारा एयर आएर ठोक्किएकाले क्षति भएको सिता एयरका क्याप्टेन फिजु शेर्पाले बताएका छन् ।
एयरपोर्टको पहेलो रंगको लाइनमा आफूले प्रबेश गर्दा गर्दै पनि विमानका पखेँटाले सिता एयरको पखेँटामा ठोक्किँदा क्षति भएको तारा एयरका क्याप्टेन रोशन मानन्धरले बताए । तारा एयरको विमानमा क्षति भएको नदेखिए पनि घटनाको छानविन र क्षतिको विवरण एकिन गर्न उड्डयन विज्ञहरु आएपछि मात्र घटनाको अवस्था विष्लेषण गरिने विमानस्थलले जनाएको छ । ठोक्किएका दुवै जहाजलाई पार्किङ एरियामा राखिएको छ ।















प्रतिक्रिया