३० आश्विन २०८३, शुक्रबार

बढ्यो युवा संघको विवाद, रामकुमारी झाँक्रीलाई कारबाही गर्न ओली निवासमा डेलिगेशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram_Kumari_Jhakri

काठमाडौं, ९ फागुन। नेकपा एमालेको भातृ संगठन युवा संघका नेताहरुले एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीमाथि कारबाही गर्न माग गरेका छन् ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा डेलिगेशन गएर युवा संघका नेताहरुले झाँक्रीमाथि कारबाही गर्न माग गरेका हुन् । झाँक्रीले युवा संघमा समानान्तर कमिटी बनाउन उचालेको संस्थापन पक्षको दाबी छ ।

युवा संघका अध्यक्ष महेश बस्नेतले उमेर हदका कारण देखाउँदै पदबाट राजीनामा दिएपछि युवा संघभित्र विवाद चर्केको छ । पार्टीले निरु पाललाई अध्यक्षको जिम्मेवारी दिएको छ । बस्नेत प्यानलमै रहेकी पाललाई अध्यक्ष बनाएपछि उपाध्यक्ष दिलु पन्त लगायतले त्यसविरुद्ध समानान्तर कमिटी समेत घोषणा गरेका छन् । पन्तको समूहलाई नेतृ झाँक्रीले उचाल्दै आएकी आएको पाल निकटस्थहरुको आरोप छ ।