२ कार्तिक २०८३, सोमबार

सात वर्षीया पूजा अचेत अवस्थामा फेला, बलत्कारको आशंका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1424505929728_BM-parsa-balikaकलैया, ९ फागुन । कलैया–८ बस्ने बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा आज बिहान करिब ६ बजे कलैया–६ मोतीमागस्थित कपास उद्योगको फोहर फ्याँक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी छन् ।

कलैया बजारमा रहेको आफ्नो चुरा पसलमा आमा र छोरी पूजासँगै रहेका अवस्थामा अचानक शुक्रबार साँझ ७ बजे हराएकी छोरीको खोजतलास गरिरहेका अवस्थामा आज बिहान अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेला परेकी बालिकाको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ ।

उनीमाथि कसैले यौन हिंस्रक दुव्र्यवहार गरेको हुन सक्ने खबर प्राप्त भएको छ ।