१० कार्तिक २०८३, मंगलबार

फोहर गर्नेलाई पाँच हजार सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bagmatiकाठमाडौँ, ९ फागुन । बल्खु तथा त्यस आसपास क्षेत्रको वाग्मती नदीमा आज सरसफाइ गरी करिब ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती नदी सफाइ महाअभियानअन्तर्गत ९३औँ शृङ्खलामा आज बल्खु तथा सानेपा क्षेत्रको नदीबाट फोहर निकालिएको हो । गत वर्ष जेठ ४ गतेदेखि सुरु गरिएको महाअभियानको नेतृत्व मुख्यसचिव लीलामणि पौड्यालले गर्दै आउनुभएको छ ।

उक्त कार्यक्रममा मुख्यसचिव पौड्यालले महानगरपालिकालाई नदी आसपास क्षेत्रमा अनुगमन बढाउन आग्रह गर्दै फोहर मिसाउने व्यक्ति तथा सङ्घसंस्थालाई कारबाही गर्न निर्देशन दिनुभयो ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले नदीमा सिधै फोहर मिसाउने प्रवृत्ति अहिले धेरै कम भए पनि नदीको किनारामा फोहर थुपार्ने गरेको पाइएकाले त्यसलाई व्यवस्थापन गर्न हप्तमा तीन पटक गाडीको व्यवस्था मिलाइने बताउँदै त्यस क्षेत्रमा फोहर गरेका केही संस्थालाई आज रु पाँच हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।

स्थानीय ग्रिन लन एकेडेमीका प्रिन्सिपल भीष्म पाण्डेले महाअभियान सञ्चालन भएको ९३ हप्ता हुँदा अहिले नदी क्षेत्रमा फोहर गर्न हुन्न भन्ने भावनाको विकास भएको बताउनुभयो । कार्यक्रममा निजामती सेवाका कर्मचारी, महानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, फोहर व्यवस्थापनमा क्रियाशील विभिन्न संस्था तथा सामाजिक सङ्घसंस्थालगायत सहभागी थिए ।