१० कार्तिक २०८३, मंगलबार

मतदान प्रक्रिया खारेज नभएसम्म वार्तामा जाँदैनौँ: डा भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiसल्यान, ९ फागुन । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधानसभाभित्रको मतदानको प्रक्रिया खारेज नभएसम्म आफूहरु वार्तामा नबस्ने बताउनुभएको छ ।

सदरमुकाम खलङ्गामा एमाओवादीले आज बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता डा भट्टराईले भन्नुभयो,“ सुशीलजी र केपीजीले पहिले ढोका खोल्नुस्, त्यसपछि मात्रै हामी घरभित्र आउन सक्छौँ ।”

वर्तमान सरकारलाई खबर्दारी गर्नका लागि अहिले आफूहरु देश दौडाहामा रहेको बताउँदै डा भट्टराईले फागुन १६ गतेसम्म पनि सरकारले सहमतिका लागि कुनै पहल नगरे त्यसपछि निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका उपलब्धिलाई अक्षरशः पालना गर्दै कार्यान्वयन गर्ने हो भने हामी प्रक्रियामा जान तयार छौँ ।”