धनकुटा, ९ फागुन । एमालेका सचिव प्रदीप ज्ञवालीले प्रमुख राजनीतिक दल जतिसक्दो चाँडो संविधान जारी गर्न प्रयासरत रहेकाले जेठ १५ भित्रै संविधान जारी हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सङ्क्रमणकाल लम्बिँदै गएकाले जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
एमाओवादीलगायतका दलहरु सहमतिमा पनि नआउने र आन्दोलनको धम्की दिँदैमा संविधान निर्माण प्रक्रिया नरोकिने ज्ञवालीको भनाइ थियो ।
पूर्व राजाबाट दलहरुसँग सहमति भएको भने विषय निराधार र भ्रामक भएको दाबी गर्दै उहाँले त्यो पनि सङ्क्रमणकालको उपज भएको टिप्पणी गर्नुभयो ।















प्रतिक्रिया