१ कार्तिक २०८३, आइतबार

मन्त्री रिझाउन दिइएको गाडीको मर्मत कमिशनमा कुरा मिलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ फागुन । शिक्षामन्त्रीलाई रिझाउन उनको परिवारलाई दिएको गाडी उच्च माध्यमिक शिक्षा परिषदकै कर्मचारीले मर्मत खर्च दिएका छैनन् ।

मन्त्री पुत्रको विवाहका लागि परिषद्का निमिक्त उपाध्यक्ष एवं सदस्य सचिव नारायण कोइरालाले मन्त्रीलाई दिएको बा १० च ९४७२ नम्बरको गाडीको मर्मत बील दिँदा समेत परिषदको खरिद एकाइले भुक्तानी नगरिएको हो ।

स्रोतका अनुसार कम रकम खर्च गरी बढी बील बनाएर पेस गरेको आशंकामा परिषदको खरिद एकाइले रकम उपलब्ध नगराएको हो ।

सवारी मर्मत भइसकेको तर खरिद र लेखाले अहिलेको अवस्थामा हचुवाको भरमा रकम भुक्तानी गर्न नहुने बताएपछि भुक्तानीसमेत रोकिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

शिक्षामन्त्री चित्रलेखा यादवले आफ्नो पारिवारिक प्रयोजनका लागि परिषदको दुईवटा सवारी प्रयोग गरेको स्रोतले जनाएको छ ।

परिषद्का निमित्त उपाध्यक्ष र सदस्यसचिवबीच आफू जुनसुकै हालतमा परिषदको सदस्यसचिव भएर छाड्ने बताउँदै मन्त्रीले माग गरेअनुसारको परिषदको सवारी साधन दिँदै आएको कर्मचारीहरुको आरोप छ ।