१ कार्तिक २०८३, आइतबार

भारतीय सत्तारुढ दलका नेताहरू किन आउँछन् नेपाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन ।  पार्टी अध्यक्ष अमित शाह महाशिवरात्रिमा पशुपति दर्शन गर्न आउने पूर्ववत कार्यक्रम रहे पनि फागुन पहिलो साता भारतीय जनता पार्टीका दुई टोली नेपालमा सक्रिय रहे ।

नेतृ रेणुदेवी नेतृत्वमा विजय जोलीसहितका नेता काठमाडौं आएर फर्कन नपाउँदै भाजपा वरिष्ठ नेता भगतसिंह कोस्यारी नेतृत्वको उच्चस्तरीय टोली ७ र ८ फागुनमा उच्च राजनीतिक भेटवार्तामा व्यस्त रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रमुख दलबीच औपचारिक छलफल नै अबरुद्द भएका वेला आएको भाजपा नेतृत्वको टोलीले पछिल्लो राजनीतिक प्रक्रियाको सबैजसो निर्णायक पात्रसँग छलफल गर्यो ।

वार्तामा सहभागि नेताका अनुसार पश्चिम नेपालको सीमावर्ती भारतीय राज्य उत्तरखण्डका पूर्वमुख्यमन्त्रीसमेत रहेको कोस्यारीले सबै नेतालाई एउटै आग्रह गरे , वार्तामार्फत सहमतिका आधारमा चाँडो नयाँ संविधान जारी गर्नुस् र संक्रमणकाल टुंग्याएर विकासको बाटोमा अघि बढ्नुस ।

नेपाल हिन्दूराष्ट हुनुपर्ने र जातीय आधारमा संघीय प्रदेश बनाउन नहुने भाजपा नेतृ रेणुदेवीको धारणालाई पार्टी र नेपालस्थित भारतीय दूतावासले उनको व्यक्तिगत धारणा मात्र भएको सार्वजनिक गर्‍यो ।