२ कार्तिक २०८३, सोमबार

काँग्रेस-एमालेको पूर्वराजासँग साँठगाँठ थियो : अध्यक्ष यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavकाठमाडौँ ८ फागुन । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।

आज रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले पूर्वराजासँग काँग्रेस एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस, एमाले बहुमतको दम्भ देखाएर अगाडि बढ्न खोजे कडा आन्दोलनको सामना गर्न तयार रहनुपर्ने उहाँले उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो, “विगतमा भएका सहमति, सम्झौताहरु सत्तारुढ दलले पालना गरेरै अगाडि बढ्छौं भनेर प्रतिबद्धता जाहेर गरे हामीहरु वार्तामा बस्छौँ ।”

अध्यक्ष यादवले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको अभिव्यक्तिलाई मधेश र मधेशीजनताको हितविपरित भएको धारणा राख्नु भयो । रासस