२ कार्तिक २०८३, सोमबार

बढ्यो स्वाइनफ्लुको जोखिम, सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor

काठमाडौं, ८ फागुन । छिमेकी मुलुक भारतको मध्य प्रदेश, राजस्थान र नयाँ दिल्लीमा स्वाइनफ्लु देखा परेपछि कैलालीका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सुदूरपश्चिमबाट अहिले रोजगारीका लागि भारत नजान र व्यापारीलाई पनि मालसामान झिकाउन भारत नजान यहाँका अधिकारीहरुले आह्वान गरेका छन् ।

स्वाइनफ्लुजस्तो रोगको सङ्क्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला पशु सेवा कार्यालय कैलालीका प्रमुख डा विनय कर्णले बताउनुभयो ।

उहाँका अनुसार नेपालबाट भारतमा सञ्चालित बङ्गुरका फार्महरु हेर्न जाने किसानले सावधानी अपनाउनुपर्ने देखिएको छ ।

भारतबाट मासुजन्य पदार्थ नल्याउन उहाँले सुझाउनुभयो । बङ्गुरलाई कडाखालको ज्वरो आएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न बङ्गुरपालक किसानलाई आग्रह गर्नुभयो ।

रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, जीउ दुख्ने स्वाइनफ्लुका लक्षण हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख राजेन्द्र क्षेत्रीले स्वाइनफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल आत्तिनुपर्ने अवस्था छैन तर सावधानी अपनाउन जरुरी छ ।”

भारतको मध्यप्रदेश र राजस्थानमा ६६८ जना र नयाँ दिल्लीमा ५१ जनाको स्वाइनफ्लुका कारण मृत्यु भइसकेको जनाइएको छ ।