१० कार्तिक २०८३, मंगलबार

एमाओवादीको धम्कीले संविधान निर्माण प्रक्रिया रोकिदैँन : एमाले नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath-khanalकाठमाडौं, ८ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपक्षी दलहरुले आन्दोलनको धम्की दिँदैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताउनुभएको छ ।

शुक्रबार उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सम्बन्धी अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले संविधान निर्माणबाट एनेकपा माओवादी भाग्न खोजेको जिकिर गर्नुभयो ।

‘कसैले धाक धम्की दिदैँमा संविधान निर्माण रोकिदैन । हामीसँग संविधान निर्माण गर्नुपर्छ भन्ने ७५ प्रतिशत सभासद छन्,’ नेता खनालले भन्नुभयो ।

नेता खनालले संविधान निर्माणका लागि धेरै ढिलो भैसकेको र अब अझै ढिला गर्ने समय नभएकाले सम्भव भए सर्वसम्मतिबाटै नभए लोकतान्त्रिक विधिबाट संविधान जारी हुने जिकिर गर्नुभयो ।

‘आउनुहोस् लोकतान्त्रिक प्रक्रियालाई सम्मान गरेर आगाडी बढौँ’ सहमतिका लागि नेता खनालले दलहरुलाई आह्वान गर्नुभयो ।