२ कार्तिक २०८३, सोमबार

चक्लेट दिन्छु भन्दै ५ वर्षिय बालिकाको बलात्कार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-women– रामसुन्दर आचार्य
काभ्रे, ८ फागुन । काभ्रेमा एक बाबुले आफ्नै छोरीलाई निरन्तर बलात्कार गरेको घटना सेलाउन नपाउदै फेरि पाँच वर्षिय एक बालिका बलात्कार भएकी छिन् ।

जिल्लाको मेथिनकोट गाविस–६ मा राजु विकले गएराती ५ वर्षिया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गराएका छन् ।

बालिका घरमै आफ्नो अभिभावकसंग बसि रहेका बेला चक्लेट दिन्छु भन्दै आफुले काम गर्ने इट्टाभट्टाको टहरामा लगेर बालिकालाई उनले बलात्कार गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

राती ७ बजे तिर पीडित बालिकाको घरमा पुगेका विकले केहि समय उनका अभिवाकहरु संग गफ गरेर म नानीलाई चक्लेट किन्दीन्छु भन्दै घरमा छिरेको आधा घन्टामा बालिकालाई बोकेर बाहिरीएका थिए । विक केहि वर्ष यता मेथिनकोट स्थित एक इट्टाभट्टामा ज्यामीको काम गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले भने पीडक विकको स्थायी ठेगाना घटना घटेको र मुद्दा दर्ता भएको लामो समय सम्म पनि सञ्चार माध्यमलाई उपलब्ध गराउन सकेको छैन् ।