१० कार्तिक २०८३, मंगलबार

पहिचानको मुद्दामा लचिलो हुन सक्छौँ : नारायणकाजी श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayankaji-shresthaधनकुटा, ८ फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तापक्षीय दलहरुले बहुमतीय प्रक्रिया रोकेर वार्ताको वातावरण बनाए आन्दोलनरत दलहरु पहिचानको मुद्दामा पनि लचिलो हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घले धनकुटामा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बहुमतीय प्रक्रिया रोकेमा आन्दोलनरत दलहरु पहिचानको मुद्दामा लचकतासहित तत्काल वार्तामा बस्न तयार रहेको बताउनुभएको हो ।

दुवै पक्ष लचक भएमा सहमतिको वातावरण बन्ने उहाँको भनाइ थियो । बहुमतीय प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिए सङ्घीयताको मुद्दामा प्रदेशको नाम र सङ्ख्या दुवैमा आन्दोलनरत पक्ष लचकता अपनाउन तयार गरेको उहाँले बताउनुभयो । रासस