२ कार्तिक २०८३, सोमबार

नक्कली प्रमाणपत्रले शिक्षक बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ८ फागुन । जिल्ला शिक्षा कार्यालय दोलखाले विद्यालय निरीक्षणलाई तीव्र पारेपछि ५६ शिक्षकले राजीनामा दिएका छन् ।

शिक्षा कार्यालयले आफ्नो पेसाप्रति शिक्षकलाई बफादार बनाई विद्यार्थीको भविष्य उज्ज्वल बनाउनका निमित्त अनुगमनलाई कडाइ गर्न थालेको छ । विद्यालयमा शिक्षक नियमित रुपमा नआउने, पढाइमा गुणस्तरमा कमी आएको लगायत गुनासा अभिभावकले गरेपछि कार्यालयले अनुगमनलाई तीव्र पारेको थियो ।

अनुगमनसँगै राजीनामा दिन आउनेहरुको पनि क्रम बढेको विद्यालय निरीक्षक शेषकान्त पौड्यालले जानकारी दिनुभयो । “राजीनामा दिनेमा सबैभन्दा बढी प्राथमिक तहका शिक्षक छन्, जसमा प्राथमिक विद्यालयमा अध्यापनरत ५० तथा निम्न माध्यमिक र माध्यमिक तहका तीन तीन शिक्षक छ”- कार्यालयले भनेको छ । उनीहरुमध्ये अधिकांश शिक्षक निवृत्तिभरण पाकेको तर जागिरको अवधि रहँदारहँदैका छन् ।

राजीनामा दिनेमा अधिकांश शिक्षक विद्यालयमा नियमित नभएका, राजनीतिक दलमा सक्रिय भएका, विभिन्न नाफामूलक काममा लागेको नक्कली सर्टिफिकेटबाट राजनीतिक भागवण्डामा शिक्षक बनेका पाइएको बताइएको छ ।

शिक्षा मन्त्रालयको परिपत्रअनुसार शिक्षकले राजनीतिमा सक्रिय हुन नपाउने, विभिन्न सामाजिक एवम् नाफामूलक सङ्घसंस्थामा बिनाअनुमति बस्न नपाउनेलगायत बुँदा राखे पनि कार्यालयले अनुगमनलाई तीव्र पार्न नसक्दा शिक्षकले परिपत्रको उल्लङ्घन गरिरहेका थिए ।