२ कार्तिक २०८३, सोमबार

समयमै प्रश्नपत्र नआएपछि पिके क्याम्पसमा विद्यार्थीले तोडफोड गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PK-COLLEGEकाठमाडौं, ८ फागुन । राजधानीको बागबजार स्थित पद्यमकन्या क्याम्पस परीक्षा हलमा समयमै प्रश्नपत्र (पेपर) नआएपछि विद्यार्थीले तोडफोड गरेका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातकोत्तर (एमए) दोस्रो वर्षको मानविकी संकायको रिसर्च विषयको प्रश्नपत्र समयमै नआएको भन्दै विद्यार्थीहरुले परीक्षा हल पद्यमकन्या क्याम्पसमा तोडफोड गरेका हुन् ।

समयमै प्रश्नपत्र नआएपछि विद्यार्थीले परीक्षा समेत वहिष्कार गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले पनि पिके क्याम्पस केन्द्रको परीक्षा रद्द गरेको छ ।

९ सय विद्यार्थी सहभागि परीक्षामा तीन सय प्रश्नपत्र मात्रै समयमा आएको थियो । विद्यार्थीले तोडफोड गर्न थालेपछि प्रहरी परिचालन गरी स्थिती नियन्त्रण लिइएको थियो ।

तोडफोडबाट क्याम्पसमा आशिंक क्षती भएको छ । परीक्षाहलका झ्याल ढोकाका सिसा फुटेका छन् । प्रहरीले समयमै स्थिती नियन्त्रणमा लिएकाले थप क्षती हुन पाएन् ।