२ कार्तिक २०८३, सोमबार

‘शिक्षा क्षेत्रमा राजनीति अति भो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । शिक्षा क्षेत्रमा राजनीति घुसपेट भएकाले विकास हुन नसकेको बताइएको छ । शिक्षा मन्त्रालयका पूर्व सचिव शङ्करप्रसाद पाण्डेले शिक्षा क्षेत्रलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभएको हो ।

चाबहिलस्थित नेसलन पायनियर एकेडेमीको १२ औँ अभिभावक दिवसमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलले शिक्षालाई सुधार्न चाहेको हो भने उनीहरुले दलीय हस्तक्षेप पूर्णतः अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका प्राचार्य भरतकुमार राईले निजी विद्यालयले तुलनात्मक रुपमा राम्रो शिक्षा दिइरहेको दाबी गर्नुभयो ।

विद्यालय निरीक्षक योगेश भट्टराई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप न्यौपाने, अभिभावक प्रतिनिधि लैनबहादुर थापालगायतले विद्यालयलाई शुभकामना दिनुभयो ।