२ कार्तिक २०८३, सोमबार

बाबु–आमाले छोडेर जादाँ बालबालिकाको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ८ फागुन । जन्म दिने आमाको मृत्यु, बाबुलाई बूढेसकाल लागेपछि अछानी-२ का चार बालबालिकाको बिचल्ली भएको छन् ।

विसं २०६९ वैशाखमा सुत्केरी भएको १५ दिनमा आमाको घाँस काट्न गएको अवस्थामा स्थानीय डाँडाभैत्ता जङ्गलमा लडेर मृत्यु भएपछि अर्छानी-२ का छ वर्षीय गोविन्द जैसी, सात वर्षीया विमला जैसी, आठ वर्षीया प्रेमा जैसी, पाँच वर्षीय पशुपति जैसी बिचल्लीमा परेका छन् ।

स्थानीय सरस्वती निमाविमा भर्ना भएर पढ्न थालेको छ महिनाभित्र सबैले आर्थिक अभावका कारण पढ्न छाडेको शिक्षक जनक बोहराले जानकारी दिनुभयो । सबै बालबालिका विद्यालयमा आउँदा पोसाक लगाएर कापी र कलम लिएर आउँदा यी चार बालबालिका पोसाक, कापी, कलम नभएका कारण विद्यालयमा आउन छाडेको शिक्षक बोहराले बताउनुभयो ।

आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालयमा पढाउन नसकेको ५६ वर्षीय बाबु ईन्द्रलाल जैसीले बताउनुभयो । सबैका छोराछोरी विद्यालय पढ्न जान्छन् तर मेरो छोराछोरी विद्यालय जानका लागि आवश्यक सामग्रीको अभावमा जान सकेका छैनन् इन्द्रलालले दुःखेसो पोख्नुभयो ।

ईन्द्रलाल पनि सधैँ बिरामी भइरहने भएका कारण कमाइ गर्न नसक्ने भएपछि बालबालिका काम गर्दै खाँदै गर्नुपर्ने बाध्यता भएको हो ।

जैसीको घरमा उत्पादन गरेको अन्नले तीन महिनासम्म पनि खान नपुग्ने भएका कारण काम गरेर कमाई ल्याएको पैसाले खाद्यान्न जोहो गर्नुपर्ने उहाँको परिवारको बाध्यता हो ।

घरमा अरु ठूलो मान्छे नहुनु ५६ वर्ष नाघेका ईन्द्रलाल रोगी शरीर सधँै अर्काको काम गरेर केही पैसाको जोहो गरी छोराछोरी पाल्नुपर्ने बाध्यताले बालबालिकाको पठनपागठनमा सोच्न नसकेको बताउनुहुन्छ ।

श्रीमती छँदा केही सहकार्य गरेर भए पनि छोराछोरीलाई विद्यालय पठाएका थियौं । श्रीमतीको निधनपछि सबै बिचल्लीमा परेको उहाँ बताउनुहुन्छ ।