-अशोक खनाल
काठमाडौं, ८ फागुन । आर्थिक समस्याले चितवनका एक युवक मृत्युको मुखमा पुगेका छन् । मुटु रोगबाट ग्रसित २० वर्ष उमेरका विष्णुप्रसाद अधिकारी डेढ लाख रुपैयाँ नहुदाँ मृत्युसंग लड्न नसक्ने अवस्थामा पुगेका छन् ।
लाउ लाउ खाऊ खाऊ भन्ने र रमाइलो गर्ने उमेरमा उनी अस्पतालमा मृत्युसंग लडिरहेका छन् । राजधानीको शिक्षण अस्पतालमा जिवन र मृत्युसंग संघर्ष गरिरहेका छन् । यदी उनले आर्थिक सहयोग पाएमा मृत्युलाई जित्नेछन् ।
सहयोग नपाएमा मृत्युलाई अगाल्न बाध्य हुनेछन् । चितवन भरतपुर १३ आन्द्रपुरका बिष्णुप्रसादले चार वर्षको उमेरमा बुवालाई गुमाउनु परेको पीडा भुल्न नपाउदै ५ कक्षामा पढ्दैगर्दा प्यारालाईसीसको सिकार हुन पुगे ।
प्यारालाईसीसबाट दाहिने हात र खुट्टा नचल्ने भयो । आर्थिक अवस्था कमजोर भएका बिष्णुप्रसादको विभिन्न व्यक्तिहरुको सहयोगमा उपचार गरिएपनि पूर्ण रुपमा स्वस्थ हुन नपाउदै मुटु रोगको सिकार बन्न पुगे ।
श्रीमानको मृत्यु पश्चात आर्थिक अवस्था कमजोर भएकोले आफ्ना ४ छोरी छोरासंगै माइतीघर बस्दै आएको बिष्णुकी आमा दिलकुमारीले बताईन् ।
बुढेसकालको सहारा छोरा आर्थिक अभावले मृत्युको मुखमा पुगेपछि आमा दिलकुमारी चिन्तामा छिन् । आमा दिलकुमारीले आर्थिक अभावले छोरो अस्पतालमा जिवन र मृत्युसंग लडिरहेकोले सहयोगको अपिल गरेकी छिन् ।
‘हजुरहरुको सहयोगले मेरो छोराले नयाँ जिवन पाउनेछ,’ गहभरी आसु पुछ्दै भनिन् । चितवनको विष्णुप्रकाश उच्च माध्यामिक विद्यालयबाट ६२.६५ प्रतिशत नतिजा ल्याएर एसएलसी पास गरेका बिष्णुप्रसादको विज्ञान विषय पढ्ने रहर हुँदा हुँदै गरिबीको कारणले ब्यवस्थापन संकायबाट १२ पास गरेका थिए ।
१२ पास गरेका विष्णुप्रसादलाई मुटु रोगले च्यापेपछि अस्पताल भर्ना भएका हुन् । राजधानीको गंगालाल अस्पतालमा साढे छ लाख लाग्ने भनेपछि हारगुवार गरि सिक्षण अस्पतालमा डेढ लाखमा उपचारको पक्का भएतापनि रकम संकलन हुन नसक्दा उपचार गराउन सकेका छैनन् ।
सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे १ गरिबको जिबन बच्ने र आफुले बुढेसकालको सहारा पाउने र सबैमा धर्म हुने आमा दिलकुमारीले बताईन् । पछिल्लो समयमा फेसबुकको एमआरआर ग्रुप मार्फत सहयोग आएरहेको उनले बताए ।
शिक्षण अस्पतालका डाक्टरले फागुन १० गते सम्ममा रकम र ५/६ जना बी पोजेटिभ ग्रुपको रगत संकलन गर्न निर्देशन दिएका छन् । आमा दिल कुमारीले भनिन्-‘दैब त्यति निस्टुरी छैनन् आशा छ मैले छोराको उपचारका लागि सहयोग पाउनेछु ।’
बिष्णु लाई सहयोग गर्नको लागि सहयोगी भावना हुने महानुभावहरुले माछापुच्छ्रे बैंकमा रहेको उनको खाता ३६४०५२४३००२०१०१८ मा रकम जम्मा गर्न सक्नुहुनेछ । अथवा फोन नम्बर ९८०५१४८५३५ मा सम्पर्क गर्न सकिनेछ । तपाइको सानु सहयोगले कसैको ज्यान बच्नेछ थोरै सहयोग गरौ अवश्य खुसी मिल्नेछ ।















प्रतिक्रिया