३० आश्विन २०८३, शुक्रबार

निकुञ्ज र आरक्षमा विदेशी पर्यटकको संख्या बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya_rastriya

काठमाडौं, ८ फागुन । प्राकृतिक सम्पदाको धनी देश नेपालमा पछिल्लो २ वर्षयता विदेशी पर्यटक आउने क्रम बढेको छ ।

मनोरम दृश्य भएका सुन्दर ठाउँहरु घुम्न आउने पर्यटक भन्दा निकुञ्ज र आरक्षमा आउने पर्यटकको संख्या बढेको हो ।

वन विभागका अनुसार देशैभरीका निकुञ्ज र आरक्षमा विदेशी पर्यटकको आगमन बढेको हो । वन्यजन्तुप्रति मोह राख्ने पर्यटकहरु नेपाल आउने गरेको तथ्याङ्क छ ।

यस्तै, अर्ना तथा घुमन्ते र साइबेरियन चराका लागि स्वर्गभूमिका उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षमा नेपाली तथा विदेशी पर्यटक आउने एवम् अवलोकन बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

विशेषगरी विश्वको दुर्लभ प्रजातिको अर्ना अध्ययन तथा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने आरक्षमा चालु आवका माघ मसान्तभित्रमा स्वदेशी र विदेशी गरी पाँच हजार ६३७ जना पर्यटकले आरक्षको अवलोकन भ्रमण गरिसकेका छन् ।

आरक्षले दिएको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या विगत वर्षको तुलनामा यो वर्ष बढिरहेको देखाएको छ । अघिल्लो आवको माघमा ५२ विदेशी पर्यटक आरक्षमा आएकामा यो वर्षको माघमा ७८ जना बाह्य पर्यटकले आरक्षको अवलोकन गरेको देखिएको छ ।

यसैगरी आरक्षले विभिन्न शीर्षक र पर्यटक शुल्कबापत उठाउँदै आएको राजस्वमा पनि वृद्धि भइरहेको पाइएको छ । यो चालु आवको सात महिनामा करिब रु १७ लाख राजस्व सङ्कलन भएको छ ।

आरक्षले अघिल्लो वर्षमा करिब २१ लाख राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्ष स्वदेशी र विदेशी गरी सात हजार ३२४ पर्यटकले आरक्षको अवलोकन गरेका थिए ।

यस्तै कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि पर्यटकको संख्या बढेका छन् । सडक अभाव भएपनि पर्यटकहरु विगत वर्षहरुको तुलनामा बढेको आरक्ष कार्यालयले जनाएको छ ।