काठमाडौं, ८ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आजभोली धेरै चिन्तामा डुब्दै गइरहनुभएको छ । चिन्तामा डुब्नुको कारण नेता नेपालले रौतहट पुगेर खुलासा गर्नुभएको छ ।
नेता नेपाल राजनीतिक दलहरुबीच बढेको अविश्वासलाई लिएर चिन्तामा डुब्नुभएको हो । संंविधानका विषयवस्तुबाट टाढिएर अनावश्यक रुपमा दलहरूबीच बढ्दै गएको अविश्वासको वातावरणप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।
नेता नेपालले निर्धारित समयमा संविधान बनाउने विषयमा दलहरूबीच सहमति एवम् सम्वादलाई विगार्न विभिन्न शक्तिहरूको चलखेल भइरहेको बताउनुभयो ।
३० दलीय मोर्चाका कार्यकर्ताहरूद्वारा मुलुकको समसामयिक विषयमा नेता नेपाललाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्दा उहाँले उक्त चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले लोकतन्त्र विरोधी शक्तिको चलखेलका कारण गणतन्त्रमाथि कालो बादल मडारिईरहेको अवस्थामा आपसी सद्भावलाई धैर्यतापूर्वक पालना गर्न आग्रह पनि गर्नुभयो ।















प्रतिक्रिया