काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि अस्वस्थ रहनुभएका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ ।
एमाओवादी अध्यक्ष दाहाल विहीवार बाँस्तोला निवास सातदोबाटो पुगी उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो । विस्तृत शान्ति सम्झौतामा सहयात्री भएकाले प्रचण्ड बाँस्तोलालाई भेट्न गएको जनाइएको छ ।
लामो समयदेखि अस्वस्थ रहनुभएका बाँस्तोलाको उपचारमा सरकारले रु ५० लाख सहयोग उपलब्ध गराएको थियो । मस्तिष्कघातबाट पीडित बाँस्तोला खान, बोल्न र हिडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ ।
नेपालका स्थापित नेता लामो समयदेखि अस्वस्थ रहनुभएकाले उहाँको बारेमा एमाओवादी अध्यक्षले चासो राख्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया