दाङ, ७ फागुन । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न आगामी चैतदेखि देशव्यापी आन्दोलन गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्का सबै राजनीतिक दलका नेताहरुसंग समन्वय गरेर आफ्नै नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने बताउनुभएको हो ।
उहाँले आन्दोलन कांग्रेसको झण्डा नबोक्ने स्पष्ट पार्नुभयो । ‘कुनै पार्टी विशेष आन्दोलन होइन, देशव्यापी आन्दोलन भएकाले राष्ट्रिय झण्डाले हिन्दु राष्ट्र घोषणाका लागि आवाज उठाइने छ ।’ उहाँले भन्नुभयो ।
नेपालमा ८१ प्रतिशत जनसंख्या हिन्दु धर्मालम्वी भएकाले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाइए देशकै लागि घातक हुने खड्काको धारणा छ ।
उहाँले हिन्दु राज्य बनाउने विषयमा संविधानसभाबाट सम्भव नभएकाले जनमत संग्रहबाटै छिनोफानो हुनुपर्छ भन्नुभयो । नेता खड्काले कांग्रेसले हिन्दुराज्य घोषणाका लागि साथ नदिए पार्टी नै संकटमा पर्ने चेतावनी दिनुभयो















प्रतिक्रिया