१० कार्तिक २०८३, मंगलबार

अर्थहिन आन्दोलनले एमाओवादीलाई घाटा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagraj-Adhikariपोखरा, ७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले प्रजातन्त्रको महत्व जनताले बुझे पनि दलहरुले अझै बुझ्न नसकेको बताउनुभएको छ ।

पैंसठ्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा प्रजातन्त्र दिवस मूल समारोह समितिले विहीवार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीर सहिदले प्रजातन्त्र ल्याउन जुन बलिदान गरेका थिए, त्यसलाई मनन गरेर देश र जनताको हितमा दलहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत नेकपा माओवादी लगायत ३० दलीय मोर्चाले आन्दोलन गर्दैमा कोही डराउने पक्षमा छैन भन्दै मन्त्री अधिकारीले संविधान निर्माणका विवादित विषय समाधानका लागि सहमतिका लागि केही समय कुर्ने र त्यसबीचमा सहमतिमा नआए प्रक्रियाबाट संविधान निर्माणको कार्य अघि बढ्ने बताउनुभयो ।

उहाँले अहिलेको परिस्थितमा एमाओवादी आन्दोलनको कुनै अर्थ नभएको बताउदै त्यसले घाटा पुर्‍याउने विचार राख्नुभयो । ‘जनताले साथ नदिने आन्दोनको अर्थ छैन्, यो कदम एमाओवादीका लागि घातक बन्न सक्छ,’ उहाँले भन्नुभयो ।