
काठमाडौं, ७ फागुन । अर्थ बजारमा अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि नेपालमा पनि बढेको हो । यो भाउ डेढ महिना यताकै सबैभन्दा बढी हो । जसअनुसार नेपाल बैंकले विहीवार प्रतिडलर ९९ रुपैयाँ ४५ पैसामा खरिद गरेर १ सय रुपैयाँ ५ पैसामा विक्री गरेको छ ।
पुस २५ गते भने राष्ट्र बैंकले ९९ रुपैयाँ ९८ पैसामा डलर खरिद गरी १ सय रुपैयाँ ५८ पैसामा बिक्री गरेको थियो । अहिलेको बढेको मूल्य गत पुस २५ गते यताकै बढी हो ।
त्यसयता माघ १४ गते घटेर सबैभन्दा कम ९७ रुपैयाँ ९४ पैसामा खरिद गरेर ९८ रुपैयाँ ५४ पैसा विक्री कारोवार भएको थियो ।
डलरको भाउ बढेपछि विदेशमा रहेका जागिरेहरु तथा डलर भएका व्यवसायीहरु धमाधम पैसा साट्न आइरहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । पाँच दिनदेखि लगातार घटेको डलरको भाउले बिहीबार एक्कासी बढेको हो । खुल्ला बजार विनिमयका आधारमा राष्ट्र बैंकले नियमित डलरको भाउ तोक्ने गर्छ ।















प्रतिक्रिया