३० आश्विन २०८३, शुक्रबार

डेनेब र साइपाल सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, ७ फागुन । डेनेब एकेडेमी र साइपाल एकेडेमी प्रथम स्वप्न वाटिका अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ को लिग खेलमा डेनेबले आयोजक स्वप्न वाटिका स्कुललाई २३–१६ ले पराजित गर्दै समूह विजेता बन्यो ।

डेनेबकी सबनम श्रेष्ठले ११ अंक जोडिन् ।

स्वप्न वाटिका पनि समूह उपविजेताका हैसियतले बुधबार सेमिफाइनलमा पुगेको छ ।

डेनिशा थापाको १२ अंक सहयोगमा साइपालले साउथ प्वाइन्टलाई २५–१८ ले हरायो ।

सेमिफाइनल डेनेब र इनोभेटिभ इङलिस स्कुल तथा स्वप्न वाटिका र साइपालबीच हुनेछ ।

जुनियर ब्वाइजमा पनि डेनेब दोहोरो जित रच्दै सेमिफाइनलमा प्रवेश ग-यो ।

डेनेबले न्युटनलाई २९–२१ ले पाखा लगायो । डेनेबका विप्लव राणाले १७ अंक जोडे । अर्को खेलमा डेनेबले प्रिन्सटनको चुनौती २३–११ ले समाप्त पा-यो ।

विप्लवले नै सर्वाधिक स्कोर गर्ने क्रममा ११ अंक बटुले ।

सेमिफाइनलमा डेनेबले इनोभेटिभ विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल ओडिसी र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बीच हुनेछ ।