२ कार्तिक २०८३, सोमबार

चितुवाको छाला र हड्डीसहित एक जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhn

– यमबहादुर बम 

धनगढी, ६ फागुन । प्रहरीले बुधबार कैलालीको मसुरियाबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र क्षेत्रीय अपराध अनुसन्धान समूहको संयुक्त टोलीले बुधबार चितुवाको छाला र हड्डीसहित हसुलिया गाविस–८ मनाउँका ५३ वर्षीय रामकरन कठरियालाई पक्राउ गरेको छ ।

सात फिट १० ईन्च लम्बाई, एक किलोग्राम सात सय ८८ ग्राम तौल भएको एक थान चितुवाको छाला तथा १० किलोग्राम सात सय ३५ ग्रामको हड्डीसहित रानालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय अपराध तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले जानकारी दिए ।

dhn1

कठरियाले चितुवाको छाला र हड्डी भारतको लखिमपुर जिल्ला सुर्माबाट नेपाल ल्याइएको बताए । केही दिन अघि १० हजार भारुमा आफूले चितुवाको छाला र हड्डी किनेको पत्रकार सम्मेलनमा कठरियाले बताए ।

पक्राउ परेका कठरिया विरद्ध बन्यजन्तु संरक्षण ऐन अन्तरगत मुद्दा दायर गरी कारवाही अघि बढाइने जिल्ला वन कार्यालय कैलालीका वन अधिृकत मुरारीप्रसाद पोख्रेलले जानकारी दिए ।

यसअघि कैलाली प्रहरीले असोज १९ र मंसिर २४ गते पनि चितवाको छाला र हड्डी बरामद गरेको थियो ।