१० कार्तिक २०८३, मंगलबार

विहीबारदेखि काँग्रेसले ‘गणेशमान बलिदान अभियान’ सुरु गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganesh-man-singh

काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसले विहीवारदेखि सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा ‘गणेशमान बलिदान अभियान’ सुरु गर्दैछ ।

प्रजातन्त्र दिवसको अवसर पारेर नेता सिंहको सम्मानमा विहीवारदेखि कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणेशमान बलिदान अभियान’ सुरु गर्न लागेको हो । सो अभियान चैत २६ गतेसम्म चल्नेछ ।

सिंहले नेपाली राजनीतिमा देखाउनुभएको त्याग, साहस र निर्भिकतालाई अझ जनतासामु भिज्नेगरी स्थापित गराउन सो अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

सिंह जहानीया राणा शासनविरुद्ध लाग्दा भद्रगोल जेल पर्नुभएको थियो । जेलको कडा निगरानी र सुरक्षाको घेरालाई तोड्दै भारत प्रस्थान गर्ने क्रममा उहाँ हिड्नुभएका जिल्लाहरूलाई पछ्याउँदै सो अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका प्रमुख एवम् उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

“ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर सिंहले देख्नुभएको आर्थिक क्रान्तिको सपनालाई साकार पार्न अभियानले बल पुग्नेछ”, पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

अभियान पहिलो चरणमा फागुन ७ गते काठमाडौंको शान्ति बाटिकाबाट सुरु भई फागुन २३ गते भैरहवामा समापन हुनेछ । पहिलो चरणको कार्यक्रमपश्चात दोस्रो चरणको कार्यक्रम तय हुने प्रतिष्ठानले जनाएको छ ।

यात्राका क्रममा जनसभा, साहित्यिक कार्यक्रम, विकास निर्माणमा बहस, जनताका पीरकर्मा सुनुवाई, पार्टीका नीति तथा कार्यक्रमलगायतका बारेमा आमसमुदायलाई सुसूचित गराइनेछ ।

अभियानको बाटोमा शान्तिबाटिका, भद्रगोल जेल, नेका केन्द्रीय कार्यालय, टेकु, सितापाइला, भीमढुङ्गा, छत्रेदेउराली, जीवनपुर, चाउथे, डाडाँगाउँ, दुईपिपल, कोल्पुटार, गल्छी, बैरेनी, घाटवेसी, गजुरी, मलेखु, वेनिघाट, सिउरिनीटार, फुजेल, वतासे, लक्ष्मीबजार, गोरखावजार, कुन्छा, सोतिपसल, सिसाघाट, देउराली, सातमुहाने, लेखनाथ नगरपालिका, दुलेगौडा, पोखरा, छोरेपाटन, मट्टिखान, पुतलीबजार, स्याङ्जाबजार, बयरघारी, वालिङ, गल्याङ, राम्दी, दुर्लुमडाँडा, तानसेन, मस्याम, तल्लोसिद्धिबाबा, बुटवल आदि रहेका छन् ।