काठमाडौं, ६ फागुन । नेपाली बजारमा सूनचाँदीको भाउ ७ सय रुपैयाँले घटेको छ । यो मूल्य बुधबार घटेको हो । सूनचाँदी व्यवसायीहरुको संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्यमा ७ सय रुपैयाँ घटेको हो । अब छापावाला सूनको मूल्य तोलाको ५२ हजार रुपैयाँमा झरेको छ ।
छापावाल सुनको मंगलबार ५२ हजार ७ सय रुपैयाँमा तोलाको कारोवार भएको थियो ।
तेजाबी सुनको भाउ पनि बुधबार तोलामा ७ सय रुपैयाँ नै घटेको छ । तेजाबीको मूल्य ५१ हजार ७ सय ५० रुपैयाँमा झरेको छ ।
सूनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ पनि घटेको छ । चाँदीको तोलामा २५ रुपैयाँ घटेर ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
















प्रतिक्रिया