बर्दिया । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बर्दियाले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेको छ ।
बर्दियाको सदरमुकाम गुलरियामा जारी मध्य–पश्चिम ओद्यौगिक व्यापार महोत्सवमा आफ्नो कला प्रदर्शन गर्न आएका कलाकारलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बुधबार सम्मान गर्दै उहाँहरूको कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित होस्, अझै प्रगति होस् भनेर सम्मान गर्नुभयो ।
धुर्मुस र सुन्तली सरसफाइ दूत भएकाले जिल्ला सरसफाई तथा खानेपानी कार्यालयको जिल्ला संयोजक तथा स्थानीय विकास अधिकारी डिल्ली सिग्देलले सरसफाइलाई कलाक्षेत्रबाट पनि अघि बढाउन अनुरोध समेत गर्नुभएको थियो ।














प्रतिक्रिया