१० कार्तिक २०८३, मंगलबार

कुर्सी फोड्ने एमाओवादी सभासद्लाई रावलको व्यंग्य–‘ल्हारक्याल लामालाई अब कहाँ राख्ने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal

बुटवल, ६ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ल्हारक्याल लामालाई सभासद् नियुक्त गरिएकोमा एमाओवादीलाई व्यंग्य गर्नुभएको छ ।

प्रेस चौतारी रुपन्देहीको अधिवेशन उद्घाटन समारोहलाई बुटवलमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले संविधानसभा तोडफोड–बहिष्कार र सभासद् मनोनयनले एमाओवादीको द्वैध चरित्र देखिएको बताउनुभयो । ‘संविधानसभामा विदेशीले बनाइदिएका कुर्सी समेत तोडफोड गरिहाल्नुभयो, अब कुन कुर्सीमा राख्नुहुन्छ ल्हारक्याल लामालाई ?’- रावलले व्यंग्य गर्दै भन्नुभयो ।

एमाले उपाध्यक्ष रावलले सबैको सहमतिमा संविधान आउन नसक्ने तर्क पनि गर्नुभयो । एमाओवादीले सहमतिको नाममा संविधान आउन नदिने षडयन्त्रमा लागेको रावलको आशंका छ । ‘माओवादीले सहमति भनेको भनेकै छ, राष्ट्रिय जनमोर्चाले संघियता चाहिँदैन भन्छ,’ राप्रपा नेपालले गणतन्त्र नै चाहिन्न भन्छ । रावलको प्रश्न थियो, ‘यिनीहरुसँग चाँहि कसरी सहमति गर्ने ?’

संयुक्त राष्ट्रसंघका बैठकमा समेत दुई तिहाई बहुमतका आधारमा गरिएको निर्णयलाई आधिकारिकता प्रदान गरिने भन्दै उहाँले काँग्रेस र एमालेले बहुमतीय आधारमै संविधान जारी गर्ने बताउनुभयो । यद्यपि एमाओवादी र मधेशी मोर्चालाई समेटेर लैजान तयार रहेको उहाँले बताउनुभयो ।