१० कार्तिक २०८३, मंगलबार

एमाले केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, ६ फागुन । नेकपा एमालेका केन्द्रीय नेताहरुको आज जिम्मेवारी बाँडफाँड हुँदैछ ।

आज बस्ने पार्टीको स्थायी समिति बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गर्नु लागेको हो । यसअघि मंगलबार केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको थियो ।

भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशीका आधारमा कार्य विभाजन गर्न न्यूनतम् मापदण्ड बनाई जिम्मेवारी तोकिने छलफल भएको पार्टी उपाध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्य विभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् । गत असारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरूले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजनअनुसार काम गर्दै आएका छन् ।