२ कार्तिक २०८३, सोमबार

बाघले स्थानीय आतङ्कित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुुखुम्बु, ६ फागुन । सोलुखुम्बुको नेचा बेतघारी–६ स्थित पोखरेका सर्वसाधारण बाघबाट आतङ्कित बनेका छन् ।

डुम्रे सामुदायिक तथा रानीवन सामुदायिक वन–जङ्गलबीच भागमा रहेको नेचा बेतघारीको पोखरे गाउँमा बाघले रातको समयमा पटक–पटक गाई र बाख्रा मारेपछि त्यहाँका सर्वसाधारण त्रसित बनेको स्थानीय रविन चर्मकारले जानकारी दिनुभयो ।

बाघले सोमबार राति लीलाध्वज राईको घर नजिकैको गोठमा बाँधेको गाई र सोही दिन त्यही गाउँको मोतीराम कट्टेलले पालेको आधा दर्जन बाख्रा मारेपछि त्यहाँका सर्वसाधारण झन चिन्तित भएका हुन् ।