विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले संविधान बनाउनका लागि दलहरु सहमति नजिक पुगेको बताउनुभएको छ ।
उहाँले केही दिनभित्रै आन्दोलनका कार्यक्रम स्थिगित गरेका विपक्षी दलहरु आफै संविधान निर्माण प्रक्रियामा सहभागि हुने जिकिर गर्नुभयो । विगतको सहमति र सम्झौताको आधारमा सङ्घीय गणतान्त्रिक संविधान जारी हुने उहाँको भनाई थियो ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही दिनमै विपक्षी मोर्चासँंग सहमति गरेर संविधान निर्माणको प्रक्रियमा अघि बढने जानकारी दिनुभयो ।
विगतको सहमति सम्झौताको पालना गर्न काँग्रेस र एमाले तयार रहेको बताउँदै उहाँले पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सिमाङ्कन र नामाङ्कनमा मात्र विवाद रहेकाले दलहरू सहमति नजिक रहेका छन् भन्नुुभयो ।















प्रतिक्रिया