विराटनगर, ५ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जनादेशलाई सम्मान गर्दै प्रतिपक्षलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा मंगलबार अपराह्न पत्रकारसँग कुरा गर्दै मन्त्री रिजालले दुई/चार दिनमा सहमति नभए सहमतिको सम्भावना क्षीण हुने सम्भावना देखिएकाले समयको सदुपयोग गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले देखाइरहनुभएको सदासयतालाई कमजोरी नठान्न पनि विपक्षी दलहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘आफूहरूले भनेकै विषयमा सहमति हुनुपर्ने अडानलाई त्यागी जनादेशलाई आत्मसात गरी सहमतिमा आउनुको विकल्प छैन ।’’
विस्तृत शान्ति सम्झौंताको माध्यमबाट हिंसाको बाटो त्यागेर एमाओवादीलाई राजनीतिकको मूलधारमा ल्याएको उल्लेख गर्दै मन्त्री रिजालले गिरिजाबाबुको जुन बाटोमा हात समातेर ल्याएको सोही बाटोमा हिड्न पनि सुझाव दिनुभयो ।















प्रतिक्रिया