३० आश्विन २०८३, शुक्रबार

स्वयम्भू–पशुपति जान अब साझा यातायात चढ्नुस !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sajha-Yatayat

काठमाडौँ, ५ फागुन । साझा यातायातले काठमाण्डौं उपत्यकामा नयाँ रुट विस्तार गरेको छ । साझाले मंगलबारदेखि उपत्यकाको स्वयम्भूदेखि पशुपति रुटमा यातायात सञ्चालन गरेको हो ।

धार्मिक एवम् पर्यटकीय उच्च महत्व बोकेका स्वयम्भूनाथ र पशुपतिनाथलाई एकापसमा जोड्नु आवश्यक भएको साझा यातायातले जनाएको छ ।

विगत २०७० वैशाखदेखि काठमाडौँ उपत्यकाका उत्तर–दक्षिण र पूर्व–पश्चिमका दुईवटा ट्रङ्क रुटमा साझा यातायातले सेवा पु¥याउँदै आएको छ । साझा यातायातले नेपाल सरकारबाट अनुमति प्राप्त गरी कलङ्की–त्रिपुरेश्वर–एयरपोर्ट रुटलाई मंगलबारदेखि लागू हुने गरी विस्तार/परिमार्जन गरेको छ ।

अब उक्त रुटमा सञ्चालित साझाका बसहरु स्वयम्भू–कलङ्की–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म सञ्चालन हुनेछन् ।

हालको परिमार्जनबाट त्रिपुरेश्वरदेखि तिनकुनेखण्डमा रहेका सेवाग्राही यात्रुहरुमा पर्न गएको असुविधाप्रति साझा यातायातले क्षमाप्रार्थी रहेको जनाएको छ । निकट भविष्यमा साविक रुटमा साथै उपत्यकाका अन्य सहरी रुटमा समेत सेवा विस्तारको योजनामा रहेको साझा यातायातले जनाएको छ ।