१० कार्तिक २०८३, मंगलबार

सेना दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीबीच शुभकामना सन्देशमा मतभेद !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-yadav-Sushil-Koirala

काठमाडौँ, ५ फागुन । राजधानीको टुँडिखेलमा सेना दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति डा. रामवरण यादवबीच मतभेद देखिएको छ ।

मतभेद शुभकामना सन्देशमा भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीले छुट्टा छुट्टै सन्देश दिनुभएकाले मतभेद छ भन्ने देखिएको हो । यस्तै, राष्ट्रपति डा. रामवरण यादवले मुलुकको शान्ति, स्थायित्व र विकासका हरेक गतिविधिमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ ।

सेना दिवस २०७१ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति यादवले राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गर्नुभएको छ ।

नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ – सम्पूर्ण देश र देशवासीको हितका साथै राष्ट्रको सर्वाङ्गीण भलाइका लागि नेपाली सेनाले अथक प्रयास गर्दै आएको छ ।

राष्ट्रपति यादवले नेपालको समग्र प्रतिरक्षा प्रणालीको सुदृढीकरणतर्फ नेपाली सेनाले तर्जुमा गरेको दीर्घकालीन योजनालाई समयसापेक्ष सम्बोधन गर्दै राष्ट्रिय सुरक्षाको सम्वद्र्धनमा सबै क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ – वर्तमान अवस्थामा नेपाली सेनाले प्राकृतिक सम्पदाको संरक्षण र राष्ट्रको विकास निर्माणमा समेत पुर्‍याएको योगदान उदाहरणीय छ ।
सेना दिवसकै अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपाली सेनाले गरेको महत्वपूर्ण कार्यले देशको इज्जत र प्रतिष्ठा अभिवृद्धि गर्न ठूलो योगदान पुगेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ – आफूलाई सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्विवाद र व्यावसायिक ढङ्गले सम्पादन गर्ने नेपाली सेनाको परम्पराले यसलाई अझ बढी विश्वसनीय र व्यावसायिक सङ्गठनका रुपमा विकसित गरेको छ ।

देश र जनताको सुरक्षाको राष्ट्रिय जिम्मेवारी पूरा गर्दै यसले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने र मुलुकलाई समृद्ध बनाउने कार्यमा पु¥याएको योगदान प्रशंसनीय रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

रक्षामन्त्रीसमेत रहनुभएको प्रधानमन्त्री कोइरालाले भन्नुभएको छ – नेपालको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण एवम् सम्वद्र्धन गर्न नेपाली सेनाले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ ।

प्रधानसेनापति गौरवशम्शेर जबराले मुलुकको समावेशीताको नमुना संगठनको रुपमा रहेको नेपाली सेनालाई सरकारले सुम्पिएको जिम्मेवारीलाई सदैव उदाहरणीय तवरमा सम्पादन गरी सम्पूर्ण नेपालीको भरोसाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभएको छ ।