१० कार्तिक २०८३, मंगलबार

टुँडिखेलमा जे देखियो (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf k|d'v cltyL 8f=/fi6«klt 8f=/fdj/0f ofbj ,pk/fi6«klt k/dfgGb emf,k|wfgdGqL ;'zLn sf]O/fnf, ;'jf; rGb| g]Djfª nufot . tl:j/ M k|bLk/fh jGt÷ /f;;

काठमाडौं, ५ फागुन । नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रही गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले मंगलबार देशभरी ‘सेना दिवस’ मनाइरहेको छ ।

सेना दिवसको अवसरमा नेपाली सेनाले राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना गरिएको विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा पनि मनाउँदै आएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf l;kfxL k':ts sf] ljdf]rg ub}{ /fi6«klt 8f=/fdj/0f ofbj . tl:j/ M k|bLk/fh jGt÷ /f;;

सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत विविध कार्यक्रम गरी दिवस मनाएको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डा मातहत मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? xjfO{ kmfo/ ub}{  .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ ।
नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? k/]8 v]Nb} .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति गौरवशम्शेर जबरा हुनुहुन्छ ।

यसैबीच, वर्तमान विश्व परिवेशमा विशिष्ट पहिचान कायम गरी नेपाली सेना विश्वका जुनसुकै मुलुकमा विदेशी सेनासँग मिलेर उदाहरणीय काम गर्न सक्छ भत्रे मान्यता स्थापना गर्न सफल भएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकामा त्यस कार्यमा हालसम्म एक लाख ६ हजार ४१२ जनाबाट योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६० ले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] x]nLsK6/4f/f ;]gf lbj;sf] Jofg/ k|b{zg ub}{ . tl:j/ M k|bLk/fh jGt÷ /f;;

नेपाली सेनाका ४ हजार ३२२ फौज विश्वभरका १४ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थमा हाल परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा हाल नेपाल छैटौँ स्थानमा रहेको छ ।

नेपाली सेना पछिल्लो समय छिमेकी राष्ट्रको सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेशागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत बन्दै गएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] x]nLsK6/x? k|b{zg ub}{ .  tl:j/ M k|bLk/fh jGt÷ /f;;
मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षाको साथसाथै विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? jf6 cftªssf/Lx?sf] sJhfdf /x]sf] ofq'x?nfO{ s;/L ;s';n pgLx?sf] sJhfjf6 cfkmgf] lgoGq0fdf lng] eGg] snf k|:t't ub}{  .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

यसैबीच सेना दिवस २०७१ को उपलक्ष्यमा प्रधानसेनापति राणाले दिनुभएको सकल दर्जालाई दिनुभएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराउनुभएको छ ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? x]nLsK6/jf6 tn emb} .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

उहाँले भन्नुभएको छ, ‘नेपाली सेनालाई आधुनिक समयसापेक्ष र सशक्त सङ्गठनको रूपमा विकास क्रम जारी छ । सेनाको व्यावसायिक दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको दसवर्षे दीर्घकालीन योजना मुताबिक यस वर्षसमेत अपेक्षित प्रगति भइरहेको छ ।’

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? Kof/f hDk u/] kl5 cjt/0f ub}{  .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

‘सङ्गठनलाई सुम्पिएको जिम्मेवारीअनुरूप देश र जनताको हितका खातिरका अलावा संयुक्त
राष्ट्रसङ्घीय शान्तिस्थापना कार्यमा समेत नेपाली सेना अहोरात्र खटिँदै आएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताउनुभयो ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? v's'/Lsf] g[Tosnf k|:t't ub}{  .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने, मानवअधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी उहाँले दिनुभयो ।

g]kfnL ;]gf lbj; @)&!sf] pknIodf ;}gLs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf g]kfnL ;]gfsf] hjfgx? g[To k|b{zg ub} .  tl:j/ M k|bLk/fh jGt÷ /f;;

तस्विरहरु : राससबाट