२ कार्तिक २०८३, सोमबार

यी हुन् ‘बहादुर’ पुरुष : जसले दुई बालिकामाथि एकैसाथ बलात्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenचितवन, ५ फागुन । चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

अन्दाजी १५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरिएको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई हाल बाराको सिमरामा बस्दै आएका २३ वर्षीय रामु साहलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही फागुन ३ गते राति चितवनको मुग्लिनस्थित प्रेम होटल एन्ड लजमा लगेर उनले बालिकालाई बलात्कार गरेको पीडित परिवारले उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।