२ कार्तिक २०८३, सोमबार

यी हुन् लागुऔषध गाँजा तस्कर गर्ने महिला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

traffickingगौशाला, ५ फागुन । महोत्तरी प्रहरीले मंगलबार बिहान जिल्लाको बर्दिबासबाट लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–२ बस्ने ४० वर्षीया रेखा साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हेटौँडाबाट बर्दिबास झरेकी सुडीलाई शङ्का लागेर जाँच गर्दा गाँजासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले सुडीको साथबाट पाँच किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकी सुडीलाई इलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।