१० कार्तिक २०८३, मंगलबार

शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shivaratri-Nepalकाठमाडौं, ५ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।

शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको  दिनलाई लिइने प्रचलन छ ।

व्रतमा सर्वाेत्तम व्रतका रूपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्धि भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

भारतको राजस्थानस्थित जालोर धामबाट आएका बाबाहरूले सञ्चालन गरेका भण्डारामा प्र्रसाद ग्रहण गर्नेहरूको लाम लागेको छ ।

शिवरात्रि पर्वका विगतमा वर्षमा पनि आउने गरेको बताउने जालोर धामका मोक्षनाथ बाबाले यस वर्ष आफूहरूले भण्डारा सञ्चालन गरेको र यो क्रमलाई  आगामी वर्षमा निरन्तरता दिएको बताउनुभयो ।